Friday, September 20, 2024

४५ प्रतिशत खेतीयोग्य जमिनमा मात्र सिंचाइ सुविधा, कुन प्रदेशमा कति ?

काठमाडौं–नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार नेपालमा कुल खेतीयोग्य जमिनमध्ये ४५ दशमलव २ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा पुगेको पाइएको छ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गत जेठमा सार्वजनिक गरेको ‘नेपालको जनसांख्यिक, सामाजिक, आर्थिक तथा वित्तीय स्थिति (प्रदेशगत प्रोफाइल)’ अनुसार ५७ जिल्लाको कुल ३२ लाख १४ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७९ दशमलव ३ प्रतिशत जमिनमा मात्र खेती गरिँदै आएको छ । खेती गरिँदै आएको जमिनमध्ये ४५ दशमलव २ प्रतिशत जमिनमा मात्र सिंचाई सुविधा पुगेको देखाएको छ।

कर्णाली प्रदेशमा खेती हुँदै आएको एक लाख २ हजार ८ सय ८४ हेक्टर जमिनमध्ये २२ दशमलव ९ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाइ सुविधा पुगेको छ। प्रदेश २ मा चार लाख ८१ हजार एक सय २४ हेक्टर क्षेत्रफल जमिनमा खेती भइरहेकोमा ६६ दशमलव ३ प्रतिशत क्षेत्रमा सिंचाइ सुविधा रहेको अध्ययनमा उल्लेख छ।

गण्डकी प्रदेशमा तीन लाख ६२ हजार ती सय ३५ हेक्टर जमिनमा खेती गरिँदै आएकोमा ३८ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा छ ।

अध्ययन अनुसार प्रदेश ५ मा चार लाख ४७ हजार ६ सय ५३ हेक्टर क्षेत्रफल जमिनमा खेती गरिँदै आएकोमा ४० दशमलव ३ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा छ।

प्रदेश ७ मा दुई लाख ५४ हजार ६ सय ९२ हेक्टर जमिनमा खेती भइरहेको र त्यसमध्ये ३५ दशमलव ७ प्रतिशत क्षेत्रमा मात्र सिंचाइ सुविधा पुगेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ।

कुल खेतीयोग्य क्षेत्रफलको तुलनामा खेती गरिएको क्षेत्रफल प्रदेश २ मा सबैभन्दा बढी छ, भने प्रदेश ३ मा सबैभन्दा कम छ। प्रदेश २ मा ८९ दशमलव ९ प्रतिशत अर्थात् ४ लाख ८१ हजार २१४ हेक्टर र प्रदेश ३ मा ७३ दशमलव ९ प्रतिशत जमिनमा खेती गरिँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार