Wednesday, January 28, 2026

बर्खामा पनि यसरी दोहोन हुन्छ खोला (फोटो फिचर)

काठमाडौं– सरकारले बर्खायामका चार महिना नदी तथा खोलाबाट ढुंगा, बालुवा गिट्टी उत्खननमा प्रतिबन्ध लगाउँदै आएको छ। अन्य समयमा पनि भौगोलिक अवस्था, संवेदनशीलता र जोखिम आँकलन गरेर मात्र नियमानुसार राज्यलाई कर तिर्नेगरी ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्न दिइन्छ निश्चित क्षेत्रमा निश्चित परिमाणमा मात्र । तर, अवैध रुपमा उत्खनन गर्न क्रम जारी रहन्छ ।

अहिले बर्खायाममा पनि  नुवाकोटको ककनी गाँउपालिकामा पर्ने कल्पु खोलाबाट उत्खनन भइरहेको देख्न सकिन्छ। कतिपय स्थानीय बासिन्दाले सो खोलाबाट उत्खनन गरेर बिक्री गर्दै आएका छन्। बालुवा उत्खननबापत  ट्रिप बराबर पाँच सय पाउने गरेको उनीहरुको भनाइ छ। तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार