Sunday, September 22, 2024

विश्व फुटबलको महाकुम्भः वातावरणमा पर्ने नकारात्मक असर कसरी कम गर्ने ?

काठमाडौ । रसियामा बिहीबारबाट सुरु भएको विश्वकप फुटबलमा सबैको ध्यान गएको छ ।

यो विश्व फुटवलको महाकुम्भ आफैमा ऐतिहासिक हो र यसका लागि विशाल संरचना निर्माणको आवश्यकता पर्दछ । पूर्वी युरोपेली मुलुक यसले विगत चार वर्ष लगाएर खेलकुदका लागि आवश्यक भीमकाय संरचनाह? बनाएको छ । यस्तो विशाल पूर्वाधार निर्माणले वातावरणमा ठूलो र नकारात्मक असर गर्ने वातावरणविदको भनाइ छ ।

यस्तो प्रतियोगिताका लागि निर्माण गरिएका संरचनाले लाखौ टन कार्बन डाईअक्साइडको उत्सर्जन गर्दछ । हरेक विश्वकप संरचना निर्माण गर्दा त्यसलाई कार्बन न्यूट्रल बनाउने घोषणा गरिन्छ तर त्यो व्यवहारमा भने कार्यान्वयन हुँदैन् । धेरैजसो स्टेडियमहरूले पानीको संरक्षण र फोहोरलाई सकेसम्म कसरी कम गर्ने भन्ने विधी अपनाएका हुन्छन् ।

आयोजकले स्टेडियम बनाउने पक्षलाई मात्र ध्यान दिएको तर अन्य वातावरणिय पक्षलाई उपेक्षा गरेको भन्दै आलोचना हुने गरेको छ । विशेषत हवाई यात्र, सार्वजनिक सवारी ट्याक्सीबाट हुने उत्सर्जनले बढी वातावरणलाई प्रभाव पार्ने गर्दछ । यस बाहेक अन्य प्रदूषणको बारेमा पनि वातावरणविदहरूले चासो व्यक्त गरेका छन् । मस्को लगायत अन्य १० शहरमा विश्वकपका खेल हुनेछन् र यसले वातावरणमा पार्न सक्ने प्रभावका सम्बन्धमा चासो व्यक्त भइरहेको छ ।

यद्यपी आयोजकले भने फिफा वल्र्ड कपले रसिया र विश्वभर नै वातावरणप्रतिको सचेतना वृद्धि गर्ने बताएका छन् । केही दिन अगाडी स्थानीय आयोजक कमिटीका प्रमुख आरकाडी डोरकोभिजले सो प्रतियोगिताले वातावरणका मुद्धाह?का सम्बन्धमा जनचेतना फैलाउने विश्वास व्यक्त गरेका छन् । उनले विश्वकपको तयारीको वेला रसियाले उच्च स्तरको वातावरणिय मापदण्डको पालना गरेको र सवै स्टेडियम वातावरणिय हिसाबले सर्टिफाइड गरीएको बताएका छन् ।

‘हामी के अपेक्षा गर्दर्छौ भने विश्वकपले वातावरणमा पार्ने प्रभावलाई सकेसम्म कम गर्न आवश्यक छ । हामीले हरित क्षेत्र र अन्य पूर्वाधार निर्माणमा उच्च स्तरको मापदण्ड लागु गरेका छौ,’ उनले भनेका छन् ।

रसियाले स्टेडियमह?को निर्माण गर्दा सबै वातावरणिय मापदण्ड पुरा गरेको दाबी गरेपनि केही स्टेडियमह?को पर्यावरणको हिसाबले निकै संवेदनशील ठाउँमा निर्माण गरिएको संचारमाध्यमबारे जनाएका छन् । उदाहरण्को लागि वेलायत र स्पेनको विचमा प्रतिस्पर्धा हुने कैलिनिंग्राड स्टेडियम पर्यावरणिय हिसाबले संवेदनशील रहेको बताइएको छ । केही स्थानमा संरचना निर्माणका कारण वातावरण विग्रेको भन्दै वातावरणविद्ह?ले विरोध गरेका थिए तर उनीह?लाई गिरफ्तार गरियो ।

सन् २०१४ मा ब्राजिलमा विश्वकप सकिए लगत्तै रसियाले उर्जाको एकदमै कम प्रयोग र दीर्घकालिन हिसाबले पूर्वाधारह?को निर्माण शु? गरेको थियो । विश्वकपका लागि निर्माण भएका जति स्टेडियम वातावरणिय प्रभाव मुल्याङकन पछि मात्र निर्माण गरिएको रसियाको दावी छ ।

त्यसैगरी फोहोको संकलन तथा व्यवस्थापनको लागि पनि विशेष व्यवस्था गरीएको छ। सन् २००० मा सिड्नीमा भएको विश्वकपदेखि नै खेलकुदका आयोजकह?ले आफु? वातावरणको सवालमा गम्भीर रहेको बताईरहेका छन् तर त्यो व्यवहारमा देखिएको छैन् ।

विश्वकप आयोजना हुने देशमा मात्र होइन, अन्य देशमा समेत वातावरणमा पार्न सक्ने नकारात्मक असरका सम्बन्धमा सचेत हुनुपर्ने वातावरणविदह?को भनाई छ । विशेषत सार्वजनिक स्थानमा प्रदुषण बढ्ने चिन्ता व्यक्त हुने गरेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा विश्वकपले पार्न सक्ने नकारात्मक प्रभावलाई क मगर्न सूचना जारी गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार