Thursday, October 24, 2024

उर्जा प्रदेश सरकारको उच्च प्राथमिकताः मुख्यमन्त्री रावत

बर्दिवास – प्रदेश २ सरकारले आफ्नो विकास प्राथमिकतामा सडक र ऊर्जा रहने जनाएको छ ।

महोत्तरीको बर्दिवासमा आयोजित प्रदेश २ को विकास संरचना सम्बन्धी दुई दिने नीतिगत बहस कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले मुलुकका अन्य भाग भन्दा विकास सूचाङ्कका दृष्टिले अत्यन्त पछि परेको प्रदेश २ मा विकास समृद्धिको शुरुवात सडक र ऊर्जाले गर्ने बताए ।

‘हाम्रो प्रदेश प्रशस्त पर्यटकीय सम्भावनाका क्षेत्र र उर्वर कृषि भूमिका लागि प्रसिद्ध छ’, मुख्यमन्त्री राउतले भने, ‘हामी यी सबै सम्भावनाका क्षेत्रलाई दृष्टिगत गरी योजना बनाऔँ, मुलुककै विकास र समृद्धिको अभियानलाई हाम्रो कामले नेतृत्व गर्नेछ ।’ रासस

ताजा समाचार

सम्बन्धित समाचार