Saturday, October 26, 2024

पत्रपत्रिकामा आज : फेवाताल संरक्षणमा सांसदको अग्रसरता, प्रि-मनसुनमा अधिक वर्षा

काठमाडौँ – आजका दैनिक पत्रपत्रिकाले फेवाताल संरक्षणमा सांसदको अग्रसरता, विपत व्यवस्थापन योजना बनाउने विषय, फेवा किनारमा बनेका होटलहरूको छानबिन, प्रिमनसुनमा अधिक वर्षा लगायतका विषयहरूलाई प्रकाशित गरेको छ ।

गोरखापत्र
गोरखापत्रले फेवातालको संरक्षणमा सांसदको अग्रसरताको विषयलाई प्राथामिकताका साथ प्रकाशित गरेको छ। लेखनाथका समाचारदाताले प्रदेश चारका सांसदहरूको फेवाताल संरक्षणमा अग्रसरता रहेको समाचार लेखेका छन्। पोखराको पर्यटकीय क्षेत्र फेवातालको संरक्षणका लागि एकीकृत गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ। फेवाताल संरक्षणमा प्रदेश नम्बर चारका सांसदले आयोजना गरेको सरोकारवालाको बैठकमा बाेल्दै प्रदेश नम्बर चारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब तालको संरक्षण एकीकृत ढङ्गले गरिने बताएको समाचारमा उल्लेख छ। त्यसैगरी तालको संरक्षणका विषयमा धेरै चर्चा भएपनि काम कसले थाल्ने भन्ने अन्योल देखिएको बताउँदै फेवातालसहित अन्य तालको संरक्षण विकासका लागि छुट्टै संस्थाको स्थापना गर्नुपर्नेमा जोड दिएको उल्लेख छ।

त्यस्तै गोरखापत्रमै स्थानीयवासी हरियाली अभियानमा जुटेको समाचार प्रकाशित छ । रुखविरुवा लगाउने उत्तम महिना मानिने यस महिनामा विभिन्न जातका रुखविरुवा बीउको विक्री व्यापक मात्रामा भइरहेको छ । रुखविरुवाको मात्रा कम हुँदा मौसममा भइरहेको अपत्यारिलो परिवर्तनले जनजीवनमा पर्न सक्ने सम्भावित असरबाट जोगिन रुखविरुवा लगाउने आकर्षण बढेको छ । यसबाट विरुवाको विक्री पनि बढ्दै गएको छ । चुरे जंगल उजाड भइरहेको अवस्थामा हरियालीका लागि निजी विरुवा लगाउनेतर्फ आकर्षण बढेको छ । चुरे जंगलमा जथाभावी रुखविरुवा कटान हुन थालेपछि तराईमा प्रतिकूल प्रभाव परिरहेको कारण विरुवा लगाउने कृषकको संख्या बढ्दै गएको समाचारमा उल्लेख छ ।

नागरिक दैनिक
नागरिक दैनिकले गोलभेंडामा देखिएको टुटा प्रकोप नियन्त्रण अभियान सुरु भएको समाचार प्रकाशित गरेको छ । रसुवाको कृषकले लगाएको गोलभेंडामा देखा परेको टुटा नियन्त्रणका लागि अभियान सुरु गरिएको छ । जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा कृषकलले लगाएको गोलभेंडामा पात तथा फल जोतुवा किरा अर्थात टुटाको प्रकोप फैलिएपछि अभियान सुरु गरिएको हो समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका
नयाँ पत्रिकाले प्रि-मनसुनमा अधिक वर्षा हुने समाचार छापेको छ । विरेन्द्र ओलीले लेखेका छन्, यस वर्षको प्रिमनसुनमा अधिक वर्षा भएको छ । स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर आएकाले मनसुनजस्तै निरन्तर पानी परेको हो । सामान्यतः प्रि-मनसुनमा बेलुकातिर हल्का वर्ष हुने र रोकिने गर्छ । यस वर्षको प्रिमनसुनमा हावाहुरी, असिनापानी दैनिकजसो आउने गरेको छ । जाडो सकिएलगत्तै मार्च, अप्रिल, मे र जुन १० (फागुन १५ देखि जेठ मसान्त)सम्म प्रिमनसुनको समय हो । यो समयमा स्थानीय वायु सक्रिय हुने गर्छ । जुन १० देखि पूर्वी नेपालबाट मनसुन प्रवेश गरेपछि देशैभर वर्षा हुन सुरु हुन्छ । यो चक्र सेप्टेम्बर २३मा पूर्वी नेपालबाट अन्त्य हुन्छ । यस अवधिमा ८० प्रतिशतभन्दा धेरै वर्षा हुन्छ ।

नेपाल समाचारपत्र
नेपाल समाचारपत्रले बैतडीका बाँगा बगरवासीलाई सधैँ पहिरोको जोखिम रहेको समचार प्रकाशित गरेको छ । बैतडीको डिलाशैली गाउँपालिका वडा नं ६ बाँगाबगरका स्थानीय बासिन्दा १० वर्षदेखि पहिरोको जोखिममा बस्न बाध्य छन् । त्यहाँको स्थानीय बासिन्दालाई फेरि पनि पहिरोको चिन्ताले सताउन थालको छ, विनोदसिंह विष्टले उत्त
बाँगा बगरवासीलाई सधैँ पहिरोकै जोखिम शिर्षकमा समाचार लेखेका छन् ।

अन्नपूर्ण पोस्ट
अन्नपूर्ण पोस्टले प्रदूषण जाँच्न सडकमा मन्त्री शिर्षकमा समाचार प्रकाशित गरेको छ । छेटु शेर्पाले लेखेका छन, गृहमन्त्री रामबहादुर थापाले आइतबार बिहान थापाथलीमा जाँचेको सवारी प्रदूषण फेला भयो । सोही ठाउँमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाँचेको सवारी प्र्रदूषण भने मापदण्डभित्रै रहेको भेटियो ।

त्यस्तै अन्नपूर्ण मै फोहोर प्रशोधन केन्द्र अपलपत्र रहेको समाचार प्रकाशित भएको छ । बुटवल उपमहानगरपालिकाले शिवनगर सामुदायिक वन क्षेत्रको भनभनेमा बनाउने फोहोर व्यवस्थापन योजना अलपत्र छ । साढे तीन वर्षअघि फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण गर्ने गरी ठेक्का सम्झौता भए पनि स्थानीयको विरोध भएपछि काम ठप्प भएको छ । सुदीप भण्डारीले फोहोर प्रशोधन केन्द्र अलपत्र शिर्षकमा लेखेको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार