Saturday, October 26, 2024

मेलम्चीपछि अब सडक खन्ने पालो ढल निकास विभागको : काठमाडौं कहिलेसम्म धुलाम्मे ?

काठमाडौं–मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउने र चक्रपथ विस्तारको काम सकिएपछि काठमाडौको प्रदूषण कम होला त ?

धेरैलाई लागेको हुनसक्छ अहिलेको धुलोको मुख्य कारक यि दुई आयोजनाको निर्माण कार्य सकिएपछि पक्कै पनि धुलो प्रदूषण कम हुन्छ । तर, अझै केही वर्ष उपत्यकाको धुलो र हिलो कम हुने आशै नगर्नुस । सरकारी निकायहरूको विचमा विकास निर्माणको विषयमा आपसमा समन्वय नहुँदा अझै कति वर्ष काठमाडौंवासीले धुलो र हिलोको मार खेप्नुपर्ने हो टुंगो छैन् ।

पानी प–यो कि हिडिनसक्नु हिलो । अनि घाम लाग्यो त्यही हिलो धुलोमा परिणत हुन्छ । यो नियती काठमाडौंवासीले कहिलेसम्म भोग्ने ? ढिलो चाँडो काठमाडौं मेलम्ची खानेपानीको पाइप विछ्याउने काम सकिन्छ, चक्रपथ विस्तारको काममा पनि तिव्र प्रगती भईरहेको छ । मेलम्ची खानेपानीको पाइप विछ्याउने लागि अझैभित्रै सडकमा खाल्डाखुल्टी खन्नेक्रम जारी नै छ ।

यो सकिए लगत्तै काठमाडौं उपत्यकामा शुरु हुँदैछ, ढल निर्माणको काम । खानेपानी तथा ढल निकास विभागले उपत्यकाभित्र १० वटा नयाँ ढल जडान गर्न योजना तयार पारेकोे छ । त्यसका लागि पनि फेरी बाटो खन्नु नै प–यो । विभागले आर्थिक वर्ष २०७५÷७६ बाट काठमाडौंमा ६,ललितपुरमा ३ र भक्तपुरमा एक गरि १० वटा नयाँ ढल निकासका लागि निर्माण आयोजना सुरू गर्न बताएको छ ।

ढल विकास तथा व्यवस्थापन शाखाका प्रमुख टिका चौधरीले यी १० वटा आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरू हुने बताएका छन् । यी नयाँ ढल निर्माणका लागि विभागले विभिन्न ठाउँमा सडक खन्ने छ जसका कारण अझै काठमाडौंवासीले प्रदूषणको सास्ती खेप्नुपर्ने हुन्छ ।

आगामी आर्थिक वर्षमा विभागले कीतिपुरनगर ढल निर्माण तथा प्रशोधन आयोजना (कीतिपुर डाँडा पाङगा हिमाल सिमेन्ट),ढल्पा चिखु ढल निर्माण तथा प्रशोधन ओयोजना,बुढानीलकण्ड नगरपालिका वटा नम्ब,१,२,३ (बुद्धनगर,रूदे्रश्वर मार्ग र चपली),इन्द्रपुरी आवास क्षेत्र टोखा नगरपालिका वडा नम्बर १५ ,शान्ति मिलन टोल टोखा १५ ढल निर्माण तथा प्रशोधन,डाँछी.थली वटा नम्बर ४ ढल निर्माण तथा प्रशोधन आयोजना र जलढुंगा विश्वशान्ति ढल निर्माण तथा प्रशोधन आयोजनाको निर्माण कार्य सुरू गर्न छ ।

त्यस्तै ललितपुरमा टिकाथली वडा नं. १० डल निर्माण तथा प्रशोधन आयोजना,कार्यविनायक न.पा. ढल निर्माण तथा प्रशोधन आयोजना,माहालक्ष्मी–५ टिकाथली ढल निर्माण तथा प्रशोधन आयोजना रहेका छन् । त्यस्तै भक्तपुरमा अनन्त लिंगेश्वर न.पा.वडा नं. १२ ढल निर्माण तथा प्रशोधन आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षदेखि सुचारू हुनेछन् ।

प्रमुख चौधरीका अनुसार यी सबै आयोजनाको निर्माण सम्पन्न गर्नका लागि कम्तीमा पनि पाँच वर्ष लाग्ने लक्ष्ये लिएको बताउँछन् । चक्रपथ विस्तार र मेलम्ची खानेपानीका कारण धुलोको सास्ती भोगिरहेका सर्वसाधरणले यी ठुला आयोजना सम्पन्न भएपछि स्वच्छ हावा पाउने आशा गरेका थिए तर उपत्यकामा सडक खन्ने,पुर्ने र भत्काउने सिलसिला नरोकिने देखिन्छ । यति मात्र होइन सरकारी अधिकारीहरुका अनुसार अबको केही वर्षमा नै काठमाडौं उपत्यका भित्रका विजुली तथा अन्य तारहरुलाई व्यवस्थित गर्न जमिनमुनिबाट लैजाने परियोजना समेत शुरु हुनेछ र त्यसवेला फेरी सडक खनिनेछ ।

सरकारले पानी तथा ढल निर्माणका कार्य गर्दा एक ठाउँमा पटक पटक बाटो खनेको देख्न सकिन्छ यसो हुनुमा समन्वय नहुँनु प्रमुख कारण देखिन्छ । वातावरणविद् भुषण तुलाधरले काठमाडौंलाई कस्तो बनाउने भन्ने दिर्घकालीन योजना नहुँदा यस्ता समस्या निम्तीएको बताउँछन् ।

‘पानी,ढल,सडक जस्ता विकास निर्माणको कार्य गर्दा समन्वय नै भएन जसले गर्दा पटक–पटक सडक खन्दा प्रदूषण हुने गरेको छ,’उनले भने ‘दोस्रो समस्या भनेको काठमाडौंलाई कस्तो बनाउने भन्ने दिर्घकालीन योजना नहुँनु हो ।’

नेपालको संविधान धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको छ । तर सरकारले विकास निर्माणका कार्य गर्दा नागरिकको स्वच्छ हावामा बाच्न पाउनुपर्ने हकको हनन् गरेको छ । सन् २०१६ मा ग्लोबल बर्डेन अफ डिजिजले नेपालमा गरेको अनुसन्धान प्रतिवेदनले प्रत्येक वर्ष वायू प्रदूषणका कारणले अकालमै ज्यान गुमाउने गरेको तथ्याङ्क छ ।

नेपालमा मात्रै प्रत्येक वर्ष ३५ हजार मानिसको ज्यान गईरहेको र मृत्यु हुनेको संख्या प्रत्येक वर्ष दुईदेखि तीन हजारको दरले बृद्धि भैरहेको जर्मनीस्थित इन्स्टिच्यूट अफ एडभान्स्ड सस्टेनेबिलिटी स्टडिज (आईएएसएस) नामक संस्थाको वैज्ञानिक परियोजनाका नेतृत्वकर्ता डा. महेश्वर रूपाखेती बताउँछन् । उनका अनुसार खराब वायूका कारण मानिसमा विभिन्न रोगहरू लाग्ने र त्यस्ता रोगका कारण प्रत्येक वर्ष नेपालमा ३५ हजारभन्दा बढी र विश्वमा ७० लाख मानिसको मृत्यु हुने गर्दछ । उनले ८० देखि ९० प्रतिशत धुलोको कारणले नै मानिसहरूको मृत्यु भैरहेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार