उपयोग हुन सकेनन् काभ्रेका जडीबुटी

८ वैशाख, काभ्रे।

यहाँका सरकारी वन क्षेत्रमा जडीबुटीको प्रचुर सम्भावना रहेको देखिएको छ ।

सरकारी जंगलबाट १ लाख ४० हजार किलोसम्म जडीबुटी संकलन गर्न सकिने डिभिजन वन कार्यालय धुलिखेलको तथ्यांकले देखाएको छ ।

वन नियमावलीअनुसार तोकिएका जडीबुटी अनुमति लिएर संकलन गर्न सकिने भए तापनि हालसम्म कसैले चासो नदिँदा बहुमूल्य जडीबुटी खेर गएको हो । कार्यालयको रणनीतिक कार्ययोजनाअनुसार सरकारी वन क्षेत्रबाट ३१ प्रकारका जडीबुटी संकलन गर्न सकिने उल्लेख छ ।

यस वर्ष पाँच–औँले ३ हजार ६ किलो, वन लसुन १ हजार २ सय, सतुवा १ हजार ६ सय ५०, पाखनवेद ७ हजार ५ सय, जटामसी ४ हजार ५ सय, पाषणवेद ३ हजार किलो संकलन गर्न सकिने कार्यालयले छ ।

त्यसैगरी कुरिलो १ हजार ५ किलोग्राम, ठूलो ओखती २ हजार २ सय ५० किलो, मजिठो १ हजार ५ सय, सुगन्धवाल १ हजार ५ सय, बुहारीझार ६ हजार, निमपात ३ हजार किलोग्राम संकलन गर्न सकिने कार्यालयका सूचना अधिकारी वन अधिकृत सरिता लामाले जानकारी दिइन् ।

उनका अनुसार धसिङगरे ६ हजार किलोग्राम, तितेपाती २ हजार ८सय किलो, गुर्जो १ हजार ६ सय, कालीकाठ १५ हजार, बेल ३ हजार, अमला १ हजार ७ सय ६०, सिलटीमुर ७ हजार ५ सय किलो संकलन गर्न सकिनेछ ।

त्यसैगरी कण्ठकारी ८ सय किलोग्राम, हर्रो १ हजार २ सय, बर्रो १ हजार ६ सय, पिपला १२ हजार, बनकरेला २ हजार, नुनढिकी १ हजार ७ सय ५०, काफल ८ हजार, काउलो ६ सय, सिस्नु ७ हजार २ चिराइतो १५ हजार र कुकुरडाइनो २ हजार किलो संकलन गर्न सकिने छ ।

जिल्लामा ५ सय ८४ वटा सामुदायिक वन, ४ सय ६० कबुलियति वन, एक धार्मिक वन तथा १२ निजी (दर्ता) वन रहेका छन् ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार