Sunday, February 23, 2025

नेपालमा ‘कृष्णवक्ष चाँचर’को दोस्रो अभिलेख

२ फागुन, पोखरा
‘कृष्णवक्ष चाँचर’ नामक चरा नेपालमा दोस्रो पटक अभिलेख गरिएको छ ।

पोखरा पक्षी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो । घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिँदै ३ वर्षअघि पहिलो अभिलेख इलामको दानावारी क्षेत्रमा गरिएको बताए ।

२५ फागुन, २०७८मा चराविज्ञहरू सञ्जीव आचार्य, क्यारोल इन्स्किप र टीकाराम गिरीको टोलीले सो क्षेत्रमा ‘कृष्णवक्ष चाँचर’को अभिलख गरेका थिए । घिमिरेका अनुसार यो चाँचर भारतदेखि पूर्व बंगलादेश, भुटान, म्यान्मा, लाओस, थाइल्यान्ड र भियतनामसम्म तथा उत्तरमा चीनदेखि दक्षिण कोरियासम्म पाइन्छ ।

यसले जाडोमा तल्लो तटीय क्षेत्र र गर्मी मौसममा चीनका पहाडी क्षेत्रहरूमा विचरणसमेत गर्ने गर्दछ । यो चरालाई अंग्रेजीमा ‘ब्ल्याक ब्रेस्टेट थ्रस’ भनिन्छ ।

मोरङ र सुनसरीमा समुन्द्री सतहबाट १ सय देखि १ हजार ३ सय मिटरसम्म करिब ५० हजार हेक्टरमा फैलिएको धरान फरेष्ट चराका लागि महत्वपूर्ण क्षेत्र मानिन्छ । बर्ड लाइफ इन्टरनेसनलले पहिचान गरेको नेपालका ४२ वटा क्षेत्रमध्ये यस वनलाई एक महत्वपूर्ण वनका रूपमा लिइन्छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार