Monday, June 24, 2024

जुगल हिमाल आरोहणको तयारी

सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोहणका लागि तयारी भइरहेको छ ।

जुगल गाउँपालिकाको शिरमा रहेका जुगल१ र जुगल२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ । आरोहण टोलीमा सात कोरियाली र तीन नेपाली रहनेछन् । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा यही चैत २३ देखि २०८१ वैशाख १५ गतेसम्म नेपाली र कोरियाली पर्वतारोहीले गर्ने आरोहणको तयारी पूरा भएको पालिका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिनुभयो ।

विसं २०७५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद माधव सापकोटा, प्रदेशसभा सदस्य सरल सहयात्रीलगायतको पहलकदमीमा पहिलोपटक जुगल हिमालको आरोहण सुरुआत गरिएको थियो । त्यतिबेला पर्वतारोही माया गुरुङ, मिलन तामाङलगायत टोलीले सफलतापूर्वक हिमाल आरोहण गगर्नुभएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार