Thursday, October 24, 2024

यसरी सम्भव भयो लोडसेडिङ अन्त्य , पढ्नुस ८ कारण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरेको छ ।

एक बर्ष पहिले प्राधिकरणले सामान्य उपभोक्ताले लोडसेडिङ भोग्नु नपर्ने घोषणा गरेको थियो तर औधोगिक क्षेत्रमा भने दैनिक ३–४ घन्टा लोडसेडिङ थियो । सोमबारदेखि त्यो पनि हटेको र कुनै लोडसेडिङ नहुने प्राधिकरणले दावी गरेको छ । तर, लाइम मर्मत तथा अन्य प्राविधिक कारणले केही समय विजुली नहुने अबस्थालाई लोडसेडिङ नभन्न प्राधिकरणले आग्रह गरेको छ ।

विसं २०७३ को तिहारदेखि सबैलाई आश्चर्य पादै प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त गरेको थियो । अहिलेको अबस्थालाई कायम राख्नका लागि बिहान तथा वेलुकाको समयमा अत्याधिक विद्युत खपत हुने विद्युतिय उपकरण प्रयोग नगर्न प्राधिकरणले आग्रह गरेको छ । आखिर कसरी सम्भव भयो त लोढसेडिङ अन्त ? यस्ता छन कारणहरु

· निरन्तर वर्षाका खोलामा पानीको वहावमा वृद्धि

· चुस्त व्यवस्थापन एवं संरचनागत सुधार

· अन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको वृद्धि

· कुलेखानी जलासयुक्त आयोजनाको उपयोग

· भारतबाट विद्युत आयातमा वृद्धि, हालै भारतबाट थप ४० मेगावट आयात गरिएको, १००० मेगावट आपुर्तीमध्ये ४५० मेगावट भारतबाट आयात

· मागमा आएको परिवर्तन

· चुहावट नियन्त्रण

· पिकिङ आवरको राम्रो व्यवस्थापन

ताजा समाचार

सम्बन्धित समाचार