Thursday, October 24, 2024

दुवै खुट्टा नभएका चिनियाँ नागरिक पुगे सगरमाथाको चुचुरोमा

काठमाडौं– ४३ बर्षदेखि सगरमाथा आरोहणको निरन्तर प्रयास गरिरहेका एक चिनियाँ नागरिकले सोमबार सफलता प्राप्त गरेका छन् ।

दुवै खुट्टा नभएका ७० वर्षिय जिइ वोयुले सगरमाथाको सफल आरोहण गरेका हुन् । लगातार पाँचै पटकको प्रयासपछि सगरमाथाको चुचुरोमा पुगेर उनले दुवै खुट्टा विना सगरमाथाको आरोहण गर्ने पहिलो आरोहीको किर्तिमान कायम राखेका छन् ।

पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार उनी आज विहान ८ वजेर ४० मिनेट जाँदा सगरमाथाको चुचुरोमा पुगेका थिए । झण्डै वीस वर्ष अगाडी रक्त क्यान्सर भएपछि उनको दुबै खुट्टा काटिएको थियो । पछिल्लोपटक उनले सन् २०१६ मा आरोहणको प्रयास गरेका थिए तर खराब मौसमका कारण उनी बाटोबाट फर्किएका थिए । त्यसैगरए उनले सन् २०१५ र २०१४ मा पनि आरोहणको प्रयास गरेका थिए । ‘मेरो बुबा सगरमाथाको चुचुरोमा पुग्नु भएको छ र उहाँले आफ्नो चालिस बर्षदेखिको सपना पुरा गर्नु भएको छ,’ उनका छोरोले वि च्याटमार्फत जानकारी दिएका छन् ।

यस अगाडी सन् २०१३ दुवै हात नभएका नेपाली मुलका क्यानडेली नागरिक सुर्दशन गौतमले सगरमाथाको सफल आरोहरण गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार