कर्णाली प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण

काठमाडौ, असार ३० (हाकाहाकी)— कर्णाली प्रदेशसभाका एकजना सदस्यमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।

कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशसभाको बर्खे अधिबेशन सकिन लागेपछि आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उहाँको रिपोर्ट पोजेटिभ आएको बतार्यउको छ। सांसदको स्वास्थ्य अवस्था सामान्य रहेका प्रदेशसभा सचिव जिवराज बुढाथोकीले बताउनु भयो ।

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशसभामा खैलाबैला भएको छ । उनको सम्पर्कका आएका सांसददेखि पत्रकारसम्मको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न लागिएको प्रदेशसभा सचिव जिवराज बुढाथोकीले जानकारी दिए । सांसद, कर्मचारी, माननियहरुका स्वकीय सचिव र केही पत्रकारसहित १ सय ६० जनाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्न लागिएको सचिव बुढाले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार