मंगलबार ११६ जनामा कोरोना संक्रमण, ३४ घर फर्किए

काठमाडौ, असार ३० (हाकाहाकी)— मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । ६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् ।

चौबिस घण्टामा ३४ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । आजसम्म घर फर्कनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार