चौबिस घण्टामा १४४ कोरोना संक्रमित थपिए, उपत्यकामा ९ जना

काठमाडौ, असार २९ (हाकाहाकी)— पछिल्लो २४ घण्टामा देशभरमा गरी १ सय ४४ कोरोना संक्रमित थपिएका छन् । १ हजार ७ सय ५ जना निको भएर घर फर्किएका छन् ।

देशका विभिन्न २५ वटा प्रयोगशालामा ५ हजार ८ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभएको छ ।

यसैबीच, हालसम्म देशभर कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ कोरोना संक्रमितको उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसैबीच, सोमबारसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार २ सय ९४ रहेको छ । त्यस्तै काठमाडौं उपत्यकामा सोमबार ९ जना संक्रमित थपिएका छन् । यीमध्ये काठमाडौंमा ३ जना, ललितपुरमा ५ जना र भक्तपुरमा एकजना नयाँ संक्रमित भेटिएका हुन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार