काठमाडौ, असार २९ (हाकाहाकी)— अमेरिकाको फ्लोरिडा राज्यमा संक्रमण तीव्र गतिमा फैलिएको छ ।
फ्लोरिडामा एक दिन १५ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । फ्लोरिडामा पछिल्लो २४ घण्टामा १५ हजार २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
अमेरिकाका ५० राज्य मध्ये एकै दिन यतिधेरैको संख्यामा एउटै राज्यमा एकै दिन संक्रमित थपिएको यो पहिलो पटक हो । अमेरिकाको कुल जनसंख्याको सात प्रतिशत मात्रै जनसंख्या रहेको फ्लोरिडाले यसअघि क्यालिफोर्नियाको रेकर्डलाई पार गरेको हो ।
गएको मे देखि लकडाउन खुकुलो बनाएको प्mलोरिडामा अहिले संक्रमण निकै खराब बनेको छ । यसको प्रमुख कारण त्यहाँको पर्यटन व्यवसाय र पाको उमेरका व्यक्ति बढी हुनु रहेको बताइएको छ ।





