काठमाडौ, असार २९ (हाकाहाकी)— भारतबाट सलहको ठूलो समूह नेपाल भित्रिएको छ ।
भारतसँग जोडिएको दाङको कोइलाबास हुँदै सलहको ठूलो समूह हिजो नेपाल छिरेको हो । सलहको उक्त समूहले राप्ती गाउँपालिका र गढवा गाउँपालिका– २ का कृषकले लगाएको बालीमा क्षति पु¥याएको छ ।
कृषकहरूले ठूलो आवाजमा टिन बजाएर र अन्य उपाय लगाएर भगाएका छन् । यी दुई गाउँपालिकाबाट भगाएपछि सलहको समूह पहाडी भेगतिर लागेको छ । दाङका पहाडी क्षेत्रतर्फ लागेको सलहको समूह प्युठानसम्म पुगेको अनुमान गरिएको छ ।





