सोमबार राती ४ वटा प्रदेशमा भारी बर्षाको संभावना

काठमाडौ, असार २९ (हाकाहाकी)— जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार राति चारवटा प्रदेशमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेश १, २, वागमती प्रदेश र गण्डकी प्रदेशमा राति भारी वर्षा हुन सक्ने अनुमान गरिएको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभएको छ ।

उहाका अनुसार अहिले मनसुन सक्रिय अवस्थामा छ । बाँकी ३ वटा प्रदेशमाभन्दा यी ४ प्रदेशमा आज राति मनसुन थप सक्रिय हुने र भारी वर्षाको अनुमान गरिएको छ ।

उहाले सेप्टेम्बरसम्म मनसुन रहने हुनाले कहिले भारी वर्षा त कहिले कम हुने जनाउँदै अझै केहीदिन मनसुन सक्रिय हुने देखिएको बताउनुभएको छ ।

पौडेलका अनुसार दिउसोमा भन्दा रातिमा भारी वर्षा हुने गर्छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा असार महिनाभर मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार