काठमाडौ, असार २९ (हाकाहाकी)— नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भाँसिएको छ ।
अहिले एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भैरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोमबार विहान सबा ९ बजे सडक भासिएको हो ।
अविरल वर्षाको कारण सडकखण्डको १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।