काठमाडौ, असार २९ (हाकाहाकी)— सरकारले यातायात व्यवसायीलाई सार्वजनिक गाडी चलाउन आग्रह गरेको छ ।
आन्दोलनका बेलामा जस्तो विभिन्न माग राख्दै पूरा गर्न दबाब दिने र सम्झौता गर्ने बेला नभएको सरकारले स्पष्ट पारेको छ । साथै सरकारले यातायात व्यवसायीका सबै माग पूरा गर्न सकिन्छ कि सकिंदैन भन्नेतर्फ पनि विचार गर्न आग्रह गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले विभिन्न माग राखेर गाडी चलाउँदैनौ भन्नु व्यवहारिक नहुने बताउनुभयो ।
सरकारले सबै क्षेत्रका व्यवसायीहरुलाई समान व्यवहार गर्ने भएकाले अरु क्षेत्र खोलिसक्दा यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै सञ्चालन गर्न भन्न नहुने मन्त्री नेम्बाङले भन्नु भयो ।
सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको चार दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी चलाएका छैनन् ।





