कोसीका ५ वटा ढोका बन्द गरियो

काठमाडौ, असार २८ (हाकाहाकी)— कोसी नदीको बहाब कम भएपछि व्यारेजका ५ वटा ढोका फेरी बन्द गरिएको छ ।

अहिले कोसी नदीमा ५६ वटा मध्ये ३३ वटा ढोका खुल्ला रहेको कोशी ब्यारेज प्रहरीले जानकारी दिएको छ । अहिले कोसी ब्यारेजमा पानीको बहाब घटिरहेको छ ।

अहिले कोसी नदीमा पानीको बहाब २ लाख ४० हजार क्युसेक रहेको र घटने क्रम जारी रहेकोले केही ढोका बन्द गरिएको बताइएको छ । सोमबारसम्म डुबानको सम्भावना रहेकोले यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कोसीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । कोशी नदीमा आउने बाढीका कारण प्रत्येक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका दर्जनौ गाउँ डुबानमा पर्ने गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार