बाढिपहिरोमा ४१ को मृत्यु, ४२ जना बेपत्ता

काठमाडौ, असार २८ (हाकाहाकी)— देशका विभिन्न स्थानमा केही दिनयता भारी वर्षासँगै आएको बाढी पहिरोका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको छ । यसैगरी ४२ जना वेपत्ता रहेका छन् ।

बुधबारदेखी परेको भारी वर्षाले म्याग्दीमा २७ जना , जाजरकोटमा ९ जना, सिन्धुपाल्चोकमा ३ जना तथा उदयपुर र झापामा एक –एक जनाको मृत्यु भइसकेको छ ।

पहिरोका कारण संखुवासभामा ११ जना वेपत्ता भएका छन् । यस्तै सिन्धुपाल्चोकमा २० जना , जाजरकोटमा ६ जना र म्याग्दीमा अझै ४ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

उदयपुर र झापामा भने बाढीले बगाएर २ जनाको ज्यान गएको हो । ती जिल्लामा कही उद्दारको काम भइरहेको छ भने कतै खराब मौसमका कारण वेपत्ताको खोजी कार्यमा कठिनाइ आएको खबर स्थानीय प्रहरीले दिएका छन् ।

म्याग्दीका ५० परिवारका ८ सय ९६ , जाजरकोटका ८ वस्तीका ३ सय १० परिवारका ५ सय भन्दा वढि र सिन्धुपाल्चोकका ३६ परिवारका २ सय भन्दा बढि विस्थापीत छन् ।

झापामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् । मृत्यु हुनेमा जिल्लाको ३५ वर्षीय राजेश गणेश रहनुभएको छ । मलामी जाने क्रममा खोलामा पौडी खेलिरहेका वेला बगाएपछि उनी बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउने वित्तिकै खटिएको प्रहरी चौकी, शरणामती र इलाका प्रहरी कार्यालय, कुमरखोदको टोलीले बाह्रदशी गाउँपालिका–२ मा उहाँको शव फेला पारेका थिए । भद्रपुर नगरपालिका–३ स्थित मेची खोलामा आएको बाढीले बगाउँदा अर्का एक जना बेपत्ता छन् ।

बेपत्ता हुनेमा स्थानीय ३३ वर्षीय हिरण राई हुनुहुन्छ । नुहाउने क्रममा उहाँ बेपत्ता हुनुभएको झापाका एसपी कृष्ण कोइरालाले बताउनुभो ।

उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले जनाएको छ । यसैविच, बाढीले बगाएर ल्याएका दाउरा संकलन गर्न बर्दियाको बबई नदीमा गएका दुई जना बगेर वेपत्ता भएका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ बग्नाहका २५ वर्षीय जितबहादुर थारु र २६ वर्षीया राजकुमारी थारु बबईको बाढीमा बगेर बेपत्ता हुनुभएको खबर छ । जितबहादुर र राजकुमारी श्रीमान–श्रीमती हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार