काठमाडौ, असार २८ (हाकाहाकी)— बलिउड अभिनेता अमिताभ बच्चन र उहाँका छोरा अभिषेक बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ ।
कोरोना पोजेटिभ देखिएपछि दुवैलाई गएराति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षीय बच्चन आफैँले ट्विट गरेर यसको जानकारी दिनुभएको हो ।
जया बच्चन र ऐश्वर्या रायसहित घरका कर्मचारीको पनि कोरोना परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।
बच्चन बाबुछोरालाई संक्रमण पुष्टि हुनासाथ परिवारका सबै सदस्य र कर्मचारीलाई सेल्फ आइसोलेसनमा राखिएको भारतीय सचारमाध्यमहरुले जनाएका छन् । बच्चन बाबुछोरालाई कसरी कोरोना संक्रमण भयो भन्ने यकिन भएको छैन ।





