बाढीले भोटेकोशी हाइड्रोपावरमा क्षति

काठमाडौ, असार २५ (हाकाहाकी)– सिन्धुपाल्चोकमा आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ ।

आयोजनाका सीईओ मणिकुमार काफ्लका अनुसार एकजना चिनियाँ प्राविधिक बेपत्तासमेत भएका छन् ।

आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ । सीईओ काफ्लेले इलेक्ट्रोमेकानिकल सामान राख्ने १४ नम्बर साइटमा बाढी पस्दा धेरै उपकरणहरु बगाएकाले अरबौंको क्षति भएको छ ।

काफ्लेका अनुसार आयोजनाका लागि तीनवटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जीटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरणहरु ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ ।

मध्य भोटेकोशी आयोजनाको पावर हाउसमा पनि माटो भरिएको छ । तर, पावर हाउस भत्किएको भने छैन ।

ताजा समाचार

सम्बन्धित समाचार