काठमाडौ, असार २४ (हाकाहाकी)–ईपीएस रोजगार प्रक्रिया पूरा गरेर अन्तिम उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् ।
रोजगारीका लागि दक्षिण कोरिया जाने वातावरण बनाउन गर्न माग गर्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु‘’, ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’, ‘कि रोजगारी दे, कि कोरिया जान दे’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।





