Wednesday, October 30, 2024

कोरोना संक्रमित बढ्न थालेपछि मच्छिन्द्रनाथको रथारोहण स्थगित

काठमाडौ, असार २४ (हाकाहाकी)– उपत्यकामा धमाधम कोरोना भाइरसका संक्रमित बढ्दै जाँदा बुधबार गर्ने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगीत भएको छ ।

उपत्यकामा भाइरसको संक्रमण बढिरहेको भन्दै गुठी संस्थान शाखा कार्यालय ललितपुरले रथारोहण स्थगीत गर्न निर्देशन दिएको हो ।

शाखा कार्यालयका प्रमुख राजन भुजुद्धारा हस्ताक्षरीत सूचनामा मच्छिन्द्रनाथको रथारोहण रोक्न भनिएको छ । मच्छिन्द्रनाथलाई ‘वर्षा र सहकालका देवता’ मानिन्छ ।

सोमबार उपत्यकामा ५४ र मंगलबार २५ जना नयाँ संक्रमित थपिएका हुन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा अस्ति बसेको बैठकका निर्णय अनुसार हाललाई मच्छिन्द्रनाथको रथारोहण र सो सम्बनधी कार्य नगर्न भनिएको सूचनामा भनिएको छ ।

यसअघि पनि चैत २८ गते अनिश्चितकालका लागी स्थगीत गरिएको जात्रा असार १० गते रथ निर्माण कार्य सुरु गरेपछि गत साता मात्र रथाराृहणको साइत जुरेको थियो ।

तर संक्रमित बढ्दै जाँदा जात्राका क्रममा संक्रमणको खतरा बढ्ने भन्दै सरोकारवालाहरुले सुझाव दिएपछि हाललाई फेरी रथारोहण सहित रथयात्रा पर धकेलिएको संस्थान शाखा कार्यालय प्रमुख भुजुले जानकारी दिनुभोृ ।

आज अपरान्ह ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने साइृत थियो ।

संक्रमण बढ्दै जाँदा रथयात्रा कहिले हुने भन्नेमा अन्यौलता छाएको छ । स्थानीयका अनुसार दशैंसम्म रथयात्रा नगर्ने हो भने रथलाई भक्तपुर लैजानुपर्छ भन्ने मान्यता रहेको छ । २०७२ सालमा भूकम्पका कारण रथयात्रा ढिलो गरि सुरु भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार