Wednesday, October 30, 2024

उपत्यकामा २४ घण्टामा ५३ जना संक्रमित थपिए

काठमाडौ, असार २२ (हाकाहाकी)– नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित थपिएका छन् । उपत्यकामा मात्र ५३ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ताप्रा.डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो ।

योसँगै कुल कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । यसैबीच, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमित भेटिएका छन् ।

यो उपत्यकामा एक दिनमै भेटिएको सोमबार सम्मकै बढी संक्रमित संख्या हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जना गरी उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जना कोरोना मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ।

यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ पुुगेको छ । यसैबीच, २९ हजार २ सय १५ जना क्वारेन्टिनमा र ९ हजार १ सय १८ आइसोलेसनमा रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार