Wednesday, October 30, 2024

कोरोना संक्रमितको संख्यामा भारत तेस्रो स्थानमा

काठमाडौ, असार २२ (हाकाहाकी)– विश्वमा सबैभन्दा धेरै केरोना संक्रमित देशमध्येमा भारत तेस्रो स्थानमा पुगेको छ ।

रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । रुसमा संक्रमितको संख्या ६ लाख ८१ हजारभन्दा बढी छ ।

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना कोरोना संक्रमित थपिएका छन् । अमेरिका र ब्राजिल पछि कोरोना संक्रमितको सख््या अत्यधिक हुने राष्ट्रमा भारत तेस्रो स्थानमा पुगेको हो ।

ताजा समाचार

सम्बन्धित समाचार