काठमाडौ, असार २२ (हाकाहाकी)– सुदूरपश्चिम प्रदेशमा सोमबार थप ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा १७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्लामा २०, डडेल्धुरा अस्पताल प्रयोगशालामा तीन र धनगढी प्रयोगशालामा ४५ गरी आइतबार थप ८५ जनामा कोरोना पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १४ र बैतडीका तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराका २० र डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका तीन जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभयो ।
योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको संख्या तीन हजार ६ सय ७८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले बताउनुभयो । त्यहा सङ्क्रमितमध्ये आठ जनाको मृत्यु भइसकेको छ ।