Wednesday, October 30, 2024

सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै हरिसिद्धिका महिलाहरु आन्दोलनमा

काठमाडौ, असार २२ (हाकाहाकी)–ललितपुर हरिसिद्धिका महिलाहरू सडक पिच गर्नुपर्ने मागसहित आन्दोलित भएका छन् ।

‘गुमज महिला समूह’को आह्वानमा हरिसिद्धिका विभिन्न महिला समूहहरूले आज ) गुमज चोकमा बाटो अवरुद्ध गरी नाराबाजी गरेका छन् ।

उनीहरूले ‘कोरोनाले भन्दा धूलो खाएर मरिने भइयो’, ‘यो हाम्रो रहर होइन बाध्यता हो’, ‘चाँडो सडक पिच गर’ लगायत नारा लगाएका थिए । साथै आन्दोलित महिलाहरूले विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए ।

गुमज चोकबाट साइकलको आउजाउमा पनि रोक लगाइएको छ । यद्यपि एम्बुलेन्स आवागमनमा भने रोक नलगाइएको नेवाः मिसा पुच महिला समूहकी अध्यक्ष नीरा महर्जनले बताउनुभयो।

उहाँले “ग्राभेल हालेर पिच गर्नुपर्ने सडकमा माटो हालेर जनतालाई सास्ती दिएकोले हामी बाटो बन्द गर्न बाध्य भएको बताउनुभयो।

सडक पिच नहुने बेलासम्म आन्दोलन जारी राख्ने आन्दोलित महिलाहरूको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार