काठमाडौ, असार २२ (हाकाहाकी)– विश्वभरका सयौँ वैज्ञानिकहरुले हावाको कणबाट पनि नोभल कोरोनाभाइरस सक्रंमण हुन सक्ने बताएका छन् ।
कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यिु गर्दा उसको नाक र मुखबाट निस्कन पानीका थोपाका कणहरुबाट कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो सिफारिसहरुलाई सच्याउन आग्रह गरेको छन् ।
न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसारं ३२ देशका २ सय ३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स–साना कणमा रहेका कोरोनाभाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् ।
पछिल्लो समय रेस्टुरेन्ट, कार्यालय, क्यासिनो लगायतमा कोरोनासंक्रमितहरुको क्लस्टर फेला पर्न थालेका छन् । जसले वैज्ञानिहरुले लामो समयदेखि भन्दै आएको हावाको माध्यमबाट कोरोनाभाइरस फैलिन्छ र यसले नजिकमा रहेकालाई संक्रमित बनाउँछ भन्ने कुरामा थप बल पुर्याएको छ ।
यदी यो पुष्टि भएमा घरभित्र सामाजिक दुरी कायम गरेपनि मास्क लगाउन अनिवार्य गर्नुपर्ने हुनेछ, विशेष गरेर राम्रो भेन्टिलेसन नभएको स्थानमा ।
यता, डब्लूएचओका डा बेनेडेटा अलेग्रान्जीले हावाको माध्यमबाट पनि कोरोनाभाइरस फैलिन्छ भन्ने तथ्य अविश्वसनिय भएको बताएको छ ।