काठमाडौ, असार २१ (हाकाहाकी)– कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल(चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको छ ।
दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुल्ने निश्चित भएको रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यबिक्रम खड्काले बताउनुभयो ।
भोलि नेपाली समयअनुसार बिहान ८ बजेदेखि नाका सञ्चालनमा ल्याउनेछ ।