Wednesday, October 30, 2024

आइतबार २९३ संक्रमित थपिए, अहिलेसम्म निको भएको संख्या ६,५४७

काठमाडौ, असार २१ (हाकाहाकी)– आइतबार नेपालमा कुल २ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती संक्रमित पुष्टि भएको हो ।

यो संगै कुल संक्रमित १५ हजार ७ सय ८४ पुगेको छ । आइतबार डिस्चार्ज हुनेको संख्या १३१ रहेको छ । यस्तै कुल ६ हजार ५ सय ४७ जनाको डिस्चार्ज भएका छन् ।

यसैबिच कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभएको छ ।

उहाले आफ्नै रीतिरिवाजअनुसार शव अन्त्येष्टि गर्न सकिने बताउनुभएको छ । ’खोक्दा, हाछयुँ गर्दा, बोल्दा निस्कने छिटा बाट मात्र कोरोना सर्ने गर्छ ।

त्यसैले मृत्यु भएको मान्छेबाट खोक्ने, हाछयुँ गर्नेलगायत श्वासप्रश्वास सम्बन्धि कुनै पनि क्रियाकलाप नहुने तथा स(साना थुक वा पानीका छिटा ननिस्कने भएकोले कोरोना नसर्ने उहाले प्रष्टयाउनु भएको छ । शवबाट संक्रमण नफैलिने भएकाले शब व्यवस्थापनमा अबरोध नर्गन पनि उहाले आग्रह गर्नुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार