काठमाडौ, असार १९ (हाकाहाकी)– वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेको छ ।
जिल्लाको जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर घोडाघोडी नगरपालिकामा १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार डुबानमा परेकामध्ये केही घरमा क्षतिसमेत पुगेको छ ।
जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताउनुभयो । उहाँले परिवारलाई उद्धार गरेर अन्यत्रै राखिएको बताउनुभयो।
बर्दगोरिया गाउँपालिकामा बास्कोटी खोलामा बाढी आएपछि १६ घर डुबानमा पर्नुको साथै केही चौपाया बगाएको समेत प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिनुभयो । नदीले स्थानीयको एउटा माछा पोखरीसमेत बगाएको छ