Wednesday, October 30, 2024

अफ्रिकी मुलुक बोत्सवानामा २ महिनामा ३५० हात्तीको मृत्य

काठमाडौ, असार १८ (हाकाहाकी)– अफ्रिकी मुलुक बोत्सवानामा पछिल्लो दुई महिनामा ३ सय ५० भन्दा बढी हात्तीको मृत्यु भएपछी त्यहाँ खैलाबैला मच्चिएको छ ।

बेलायतको नेशनलपार्क रेस्कयुका डा.नियाल मैकेनका अनुसार गत मे महिनादेखि मर्न थालेको हात्तीकोे संख्या हालसम्म ३ सय ५० पुगेको छ ।

हात्तीको मृत्युको कारणबारे ल्यावटेष्ट गरिएतापनि मृत्युको कारणबारे पत्ता लागेको छैन । अफ्रिकी महादेशमा हात्तीको एक तिहाई संख्या बोत्सवानामा रहेको छ ।

गतवर्ष बोत्सवानामा विषादी प्रयोग गरेर कम्तिमा एक सय हात्ती मारिएका थिए भने अहिले पनि तस्करहरुले बिषादी प्रयोग गरि मारेको हो भनि आशंका गरिएको छ ।

यद्यपी, त्यसको हालसम्म पुष्टी भएको छैन । डा. नियाल मैकेनका अनुसार ३ घण्टाको अवधिमा मा १ सय ६९ वटा हात्ती मरेका छन् । (एजेन्सी)

ताजा समाचार

सम्बन्धित समाचार