काठमाडौ, असार १८ (हाकाहाकी)– न्युजिल्याण्डका स्वास्थ्यमन्त्री डेविड क्लार्कले राजीनामा दिनुभएको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भएको सरकारी प्रयासको आलोचना तथा मन्त्री आफैले लकडाउन उल्लंघन गरेका कारण विवाद भएको परिवेशमा उनले राजीनामा दिनुभएको हो ।
लकडाउनका बेला परिवारका सदस्यलाई समूद्री किनारमा लिएर गएका कारण क्लार्कलाई यसअघि नै मन्त्री परिषदको बरियतामा घटुवा गरिएको थियो ।
आफू पदमा रही रहे सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरेको समग्र प्रयासलाई नै धुमिल वा ओझेलमा पर्ने भन्दै उनले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले मन्त्रीक्लार्कको राजीनामा स्वीकृत गरेको पुष्टि भएको अन्तराष्टिय समाचार संस्थाहरुले जनाएका छन ।