काठमाडौ, असार १८ (हाकाहाकी)– मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा वर्षा भएको छ । आज दिउँसो सबै प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।
प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षयहुने, पहिरो जाने, सडक तथाहवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।