Thursday, December 26, 2024

रोटा भाइरस विरुद्धको खोप बिहीबारदेखि प्रयोगमा

काठमाडौ, असार १८ (हाकाहाकी)– रोटा भाइरस विरुद्धको खोप नेपालमा बिहीबारदेखि प्रयोगमा आउने भएको छ ।

ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशनगाभीको सहयोगमा नेपाल ल्याइएको खोप बिहीबारदेखि प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताउनुभयो ।

पहिलो चरणमा ३ लाख २४ हजार भाइलखोप नेपालभित्रिएको छ । बिस्तारै आवश्यकता अनुसार अरु खोप पनि नेपाल भित्राउने उहाँले बताउनुभयो । यो खोप देशव्यापी रुपमा प्रयोगमा ल्याइने उहाँले बताउनुभयो ।

केन्द्रबाट प्रदेशमा खोप पठाइसकिएको र प्रदेशले आफू मातहतका जिल्लामा आवश्यकता अनुसार पठाउने उहाँले बताउनुभयो ।

जिल्लाले आफनो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् । एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई खोप दिइने डा. गौतमले जानकारी दिनुभयो ।

रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो । यो खोप बच्चा जन्मेको ६ हप्तामा र १० हप्तामा गरी दुई पटक दिने गरिन्छ । यो खोप जेठ महिनादेखि सुरु गर्ने सरकारको योजना भएपनि कोरोना महामारीका कारण ढिलाई भएको उहाँले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार