Wednesday, October 30, 2024

अठार बर्ष मुनिका २ हजार ६१ जनामा कोरोना संक्रमण

काठमाडौ, असार १८ (हाकाहाकी)– नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा पछिल्लो समय बालबालिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको जानकारी दिनुभएको छ ।

नेपालमा १८ वर्ष मुनिका २ हजार ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बालबालिकाहरूबाट अरूमा सर्ने दर बढी हुने हुँदा अभिभावकहरू सचेत भएर उनीहरूलाई सकेसम्म घरमै राख्न पर्ने स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमले सुझाव दिनुभएको छ ।

सुदूरपश्चिम प्रदेशमा मात्र ९ वर्ष मुनिका १७५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको उहाले जानकारी दिनुभएको छ । सुदूरपश्चिममा कोरोना संक्रमण देखिएका सबै बालबालिकाहरू आमाबुबासँग भारतबाट आएको देखिएको मन्त्रालयले जनाएको छ ।
उहाले आमाबुबालाई कोरोना संक्रमण भएको अवस्थामा बालबालिकालाई कोरोना सर्न नदिन अलगै बस्न जानकारी दिनुभएको छ ।

विदेशबाट आएकाहरूले अन्यलाई कोरोना सर्न नदिन घरमा वाक्वारेन्टाइनमा १४ दिनसम्म नियमपूर्वक बस्ने, घरबाहिर जानुपरेमा मास्क अनिवार्य लगाउने, २ मिटरको दूरी कायम गर्ने र पटक–पटक साबुनपानीले हातधुने गर्न उहाँले अनुरोध गर्नुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार