Thursday, December 26, 2024

ललितपुरमा थप ७ जनामा कोरोना, संक्रमित १७ पुगे

काठमाडौ, असार १८ (हाकाहाकी)– ललितपुर जिल्लामा थप ७ जनामा कोरोना भाइरस संक्रमण देखीएको छ ।

तीन स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसुार ं ५ जना महिला र २ जना पुरुषमा संक्रमण देखीएको हो । योसँगै ललितपुरमा संक्रमितको संख्या १७ पुगेको छ ।

संक्रमितहरु अल्का हस्पिटलका दुई जना स्वास्थ्यकर्मी, एक जना विरामी र क्यान्सर हस्पिटलका एक स्वास्थ्यकर्मी रहेका छन् ।

यस्तै अन्यथपिएका संक्रमितहरुमा ललितपुर महानगरपालिका वडा नं. १४ बस्ने २७वर्षकापुरुष रहेका छन् । उनी पेटको आन्द्रमा पानी जमेर उपचार गर्न अल्का हस्पिटलमा गएका थिए ।

सप्तरी जिल्लाको राजविराज घई भई हाल ललितपुर महानगरपालिका वडा नं. १४ नै बस्ने वर्ष ३१ र खोटाङ जिल्ला घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटो बस्ने वर्ष ३४ की महिला पनि कोरोना पोजिटिभ देखिएको छ ।

दुवै जना अल्का अस्पतालका स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । थपिएका संक्रमितमा गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष पनि छन् । उनका परिवारको पनि बिहीबार परिक्षण हुँदैछ ।

महालक्ष्मी नगरपलिका वडा नं. ८ लुभुका २३ वर्षको महिला पनि रहेका छन् । ती २३ वर्षिय महिला ज्वरो आई बयोधा हस्पिटलमा चेकजाँच गराउदा कोरोना पुष्टि भएको हो भने पथ्थरीको अप्रेसनकालागी मेडिसीटी अस्पताल गएका चापागाउँका पुरुषको पनि पाटन अस्पतालमा गरीएको परिक्षणमा कोरोना पाजेटिभ आएको हो ।

यस्तै ,ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनका २४ वर्षिय महिलामा पनि कोरोना पुष्टि भएको छ । उनी क्यान्सर हस्पिटलका स्वास्थ्यकर्मी रहेका छन् ।

सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केहीलाई पाटन हस्पिटलको कोभिड वार्डमा भर्ना गरिएको छ । केहीलाई होम क्वारिन्टिनमा बस्न आग्रह गरिएको कार्यालय प्रमुख गेलालले जानकारी दिनुभो ।

उपत्यकामा बाहिर गएका मानिस भित्र नथालिएसँगै कोरोनाको जोखिम बढ्दै गएको छ । हिजोमात्र काठमाडौं उपत्यकामा १७ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म ३० जना को कोरोनाका कारण मृत्यु भइसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार