Wednesday, October 30, 2024

भारतमा कोरानाबाट मृत्यु भएकाको शव खाल्डोमा फालेपछि चौतर्फि आलोचना

काठमाडौ, असार १७ (हाकाहाकी)– भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका मानिसहरुको शवलाई लापरवाही तरिकाले खाल्डोमा फ्याँकिएको छ ।

भारतको कर्नाटक राज्यमा शवलाई खाल्डोमा फ्याँकिदै गर्दाको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना सुरु भएको छ ।

बीबीसीका अनुसार कर्नाटक राज्यमा कोरोनाबाट मृत्यु भएका मानिसहरुलाई फोहोर फ्याँके जसरी फ्याँकिएको भन्दै मानिसहरु कर्नाटक सरकारसँग रुष्ट बनेका छन् ।

भिडियोमा देखिए अनुसार प्लास्टिकमा पोका पारिएका मानिसहरुलाई खाल्डोमा लापारवाही तवरले फ्याँकिएको छ । कोरोना प्रकोपपछि हाल विश्वभर संक्रमितको शवलाई सुरक्षित तवरबाट खाल्डोमा पुरिन्छ ।

तर कर्नाटकमा मानिसलाई फोहोर फ्याँकिएको जसरी खाल्डोमा फालेको देखिएको छ । अहिले भारतमा मानिसहरुले मरेको मान्छेलाई पनि सम्मान गर्नुपर्ने आवाज उठाइरहेका छन् ।

मृत मानिसलाई फोहोर सरह फ्याँक्न नहुने र यो कार्य निकै क्रुर भएको बताइएको छ । स्थानीय प्रशासनले भिडियो सार्वजनिक भएपछि माफी पनि मागेको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार