Wednesday, December 25, 2024

७० लाख बढि सलह भित्रिएको सरकारी अनुमान

काठमाडौ, असार १७ (हाकाहाकी)– नेपालमा बुधबारसम्म ७० लाख भन्दा बढी सलह किरा भित्रिएको सरकारी अनुमान छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी एवम् सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीका अनुसार पाँच पटक गरेर ७० लाखको संख्यामा सलह नेपाल आएका हुन् ।

सलह नेपालमा पहिलो पटक असार १३ गते भित्रिएको थियो । अहिलेसम्म भारतबाट ५ पटक गरेर ७० देखि ८० लाखको सङ्ख्यामा सलह भित्रिएको प्रमुख सुवेदीले बताउनुभएको छ ।

उहाँले पहाड चढेपछि सलह तितरबितर भएको बताउनुभएको छ । प्रमुख सुवेदीका अनुसार तीनै सलहका झुण्ड टुक्रिएर विभिन्न जिल्लामा पुगेका हुन् । हालसम्म २४ वटा जिल्लामा धेरैको संख्यामा सलह पुगेको केन्द्रको तथ्याङ्कले देखाएको छ ।

छिटफुट रूपमा भने ५० भन्दा बढी जिल्लामा सलह पुगेको छ । यसले केही जिल्लाका मकै तथा धान बालीमा समेत क्षति पु¥याएको छ । सलहको अहिलेको यात्रा हेर्दा आत्तिन नपर्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का किट विज्ञान महाशाखाका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले बताउनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार