Wednesday, October 30, 2024

काठमाडौ महानगरमा रुबेला–दादुरा खोप अभियान

काठमाडौ, असार १७ (हाकाहाकी)– काठमाडौं महानगरमा अहिले रुवेला दादुरा खोप अभियान चलिरहेको छ ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गएको चैत १९ गतेदेखि सञ्चालन गर्ने लक्ष्य थियो । कोभिड–१९ को महामारी नियन्त्रण गर्न त्यस समयमा सरकारले बन्दाबन्दी जारी गरेपछि खोप कार्यक्रम स्थगित भएको थियो ।

त्यस बेला कार्यक्रम चलाउन ८० जना खोप कार्यकर्तालाई अभिमुखीकरण दिइएको थियो । खोप कार्यक्रम अन्तर्गत आज, वडा १४ देखि २५ सम्म १२ वटा वडामा खोप कार्यक्रम सुरु भएको छ ।

ती वडाका ९५ वटा वुथबाट भोलि र पर्सि गरी कार्यक्रम चल्नेछ । यसकालागि ६३ जना खोप कार्यकर्ता र १२६ जना स्वयमसेवक परिचालन गरिएको छ । यी वडामा लक्षित बालबालिकाको संख्या ३४ हजार ६ सय १ रहेको छ ।

यी ३ चरणमा छुटेका बालबालिकालाई असार २० गते वडा क्लिनिकबाट खोप सेवा उपलब्ध गराइनेछ । महानगरभित्र १ लाख उनान्नब्बे बालबालिकालाई खोप दिइने लक्ष्य छ । रुवेला दादुराको खोप जन्मेको ९ महिनादेखि माथि र ५ वर्षमुनिका बालबालिकालाई दिइन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार