Wednesday, December 25, 2024

३० मध्ये ७ वटा संस्थामा मात्र कोरोनाको आकस्मिक सेवा

काठमाडौ, असार १७ (हाकाहाकी)– सरकारले कोभिड १९– को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकेका ३० वटा स्वास्थ्य संस्थामध्ये ७ वटाले मात्र बिरामीलाई आकस्मिक सेवा दिएको पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड १९ को आस्कमिक उपचारको व्यवस्था गरिएको पाइएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले कोभिड १९ को उपचारका लागि देशभरिका ३० ठूला अस्पताललाई कोभिड १९ डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ ।

अध्ययनमा कोभिड १९ डेडिकेटेड अस्पताल भनी २५ वटा अस्पतालले मात्र कोभिड १९ सँग सम्बन्धित कार्य सञ्चालन गरेको पाइएको छ । अन्य पाँच अस्पतालले कोभिड १९ सँग सम्बन्धित कार्य नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनमा डेडिकेटेड अस्पतालमध्ये २० अस्पतालमा सघन उपचार कक्ष र सात अस्पतालमा उच्च परिनिर्भरता कक्ष (एचडियु) रहेको पाइएको छ । ती २० अस्पतालमा २३५ सघन उपचार कक्ष र सात अस्पतालमा ९७ कक्ष एचडियु रहेको छ । यसैगरी १७ अस्पतालमा ९८ भेन्टिलेटर रहेका छन । अरु १३ अस्पतालमा भने भेन्टिलेटर छैन ।

तोकिएका अस्पतालमध्ये १० अस्पतालमा मात्र पिसिआर र १७ अस्पतालमा आरडिटी परीक्षणको व्यवस्था रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार