काठमाडौ, असार १६ (हाकाहाकी)– गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नया संक्रमित थपिएका हुन । नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् ।
कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका हुन् । संक्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् ।
यसैगरी , सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २३ सय ६६ पुगेको छ । हिजोमात्रै थप ९४ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २३ सय ६६ पुगेको हो । जसमध्ये ५३४ जना महिला र १८ सय ३२ पुरुष छन् ।
प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म ३८८ जना डिस्चार्ज भएका छन् ।