काठमाडौ, असार १६ (हाकाहाकी)– काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखीम समुदायमा पुग्ने खतरा बढ्दै गएको सरकारले जनाएको छ ।
लकडाउन खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको छ ।
संक्रमणको प्रभाव उपत्यकाका समुदायस्तरमा पनि देखीने संकेत देखीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताका प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँले ४५/५० लाख जनसंख्या भएको काठमाडौमा सर्वसाधारणले धेरै लापरवाही गर्न थालेको जानकारी दिदै भन्नुभयो, ‘समुदायमा पुगेको ठोस अनुसन्धान त भइसकेको छैन । तर केही घटनाक्रमले त्यस्तो देखाउन थालेको छ ।҆ मास्क नलगाउने र स्यानिटाइजर पनि प्रयोग नगर्ने हो भने ठूलो जनसंख्यामा फैलिन समय नलाग्ने उहाँले बताउनुभयो ।
डा. गौतमले सकभर घर बाहिर ननिस्किन र निस्किनै परेको खण्डमा मास्क अनिवार्य प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजोसम्म संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । उनीहरूमध्ये २९जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ३४ जनानिको भएका छन् ।