Thursday, October 31, 2024

काठमाडौ आउने व्यक्ति अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौ, असार १६ (हाकाहाकी)– सरकारले अनिवार्य होम क्वारेन्टिनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी) बसेको बैठकले होम क्वारेन्टिन बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख््या मन्त्रालयको मापदण्डअनुसार (सिसिएमसी) ले स्थानीयतह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आउनुपर्ने र होम क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ । हवाई तथा स्थलमार्गबाट आउने सबैलाई यो नियम लागू हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार