Wednesday, October 30, 2024

कोरोनाका कारण एक बर्षका लागि सर्र्यो १३ औं साफ

काठमाडौ, असार १६ (हाकाहाकी)– बंगलादेशमा तय भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल एक वर्ष पछि सरेको छ ।

कोरोनाभाइरसको महामारीको कारण साफच्याम्पियनसिप एक वर्ष सारिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को सोमबारको बैठकले साफ च्याम्पियनसिप एक वर्ष सार्ने निर्णय गरेको हो । अब प्रतियोगिता सन् २०२१ मा हुनेछ । यस अघि १३ औं संस्करणको साफच्याम्पियनसिप सेप्टेम्बरमाहुने तय थियो ।

बंगलादेशले लगातार दोस्रो पटक साफआयोजनागर्ने जिम्मेवारी पाएको थियो । सन् २०१८ को १२ औं साफपनिबंगलादेशको ढाकामा भएको थियो । उक्त संस्करणमा भारतलाई २–१ ले हराउँदै माल्दिभ्सले उपाधिजितेको थियो । नेपालभने सेमिफाइनलसम्म पुगेको थियो ।

यस्तै महिला र पुरुषको साफ यू–१५ च्याम्पियनसिप र साफ यू–१८ वुमन्स च्याम्पियनसिपभने सेप्टम्बरको बैठकले तय गर्ने निर्णय गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार