Wednesday, December 25, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या २९

काठमाडौ, असार १५ (हाकाहाकी)– यललितपुरमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ ।

स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति ज्यान गएको हो । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना परीक्षणको क्रममा ती युवकमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको २९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी नै छ ।

ताजा समाचार

सम्बन्धित समाचार