Thursday, October 31, 2024

अमेरिकाको फ्लोरिडा र टेक्सास कोरोनाको हटस्पट बन्दै

काठमाडौ, असार १४ (हाकाहाकी)– अमेरिकाको फ्लोरिडा र टेक्सास राज्य कोरोना भाइरस महामारीको नयाँ ‘हटस्पट’ बन्दै गएका छन् ।

ती राज्यमा लगातार संक्रमितको संख्या बढ्दै गएको छ । जसका कारण फेरी त्यस राज्यमा लकडाउन लागु गर्नु परेको छ ।

फ्लोरिडामा पछिल्लो समय एकै दिन ९ हजार पाँच सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार राज्यमा झण्डै ९ हजार जनामा संक्रमण पुष्टि भएको थियो। फ्लोरिडा र टेक्साससहित अमेरिकाका दक्षिणी राज्यहरुमा पछिल्लो समय संक्रमण तीव्र गतिमा बिस्तार भइरहेको छ ।

विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख भन्दा बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कुल संक्रमितको संख्या २५ लाख सात हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख २५ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार