Thursday, October 31, 2024

तीन दिन बर्षा नरोकिने

काठमाडौ, असार १४ (हाकाहाकी)– मौसम पूर्वानुमान महाशाखाले तीन दिन बर्षा नरोकिने बताएको छ । साथै आइतबार देशका केही ठाउँमा भारी बर्षा हुने मौसमविदले बताए ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आइतबार देशभर नै सामान्य बदली रही धेरै ठाउँमा मेघगर्जनसहित चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यी क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
नेपालमा बिगत २(३ दिन देखि मनसुनको अरेबियन शाखावाट बहने पश्चिमी रदक्षिण(पश्चिमी वायुको प्रभाव रहेको छ भने भोलिसम्म पनि दक्षिण(पश्चिमी वायुको प्रभाव रहने सम्भावना रहेको बिभागले जनाएको छ ।

यसैगरी मंगलबारबाट भने पूर्वी वायुको प्रभाव बढ्ने सम्भावना रहेको छ । अझै तीन दिन वर्षा नरोकिने र मंगलबारसम्मै देशभर हल्कादेखि भारीसम्म वर्षा जारी रहनेछ । वर्षाका कारण बाढीपहिरो, डुबान हुने तथा यात्रामा अवरोध आउन सक्ने भन्दै केही दिनदेखि महाशाखाले २४ घण्टे चेतावनी जारी गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार